काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेका छन् ।कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।तेस्रो संस्करणको अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री शाह पनि खेल हेर्न उपस्थित भएपछि रङ्गशालाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


