रोल्पा पहिरो अपडेट: तीनको मृत्यु, ९ जना बेपत्ता [नामसहित]

रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस्तै ९ जना बेपत्ता रहेका छन् ।

काठमाडौँ — रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस्तै ९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको पहिचान खुलेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा थबाङ गाउँपालिका ५ की १८ वर्षीया शान्ती पुन मगर, सोही ठाउँका ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन् ।

यस्तै दुई जना घाइते रहेका छन् । २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पहिरोमा परी ९ जना बेपत्ता रहेका छन् । उनीहरुको पनि पहिचान खुलेको छ ।

थबाङ ५ कै कमल पुनमगरकी छोरी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर र ७५ वर्षीय डलबहादुर पुनमगर बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

सौजन्य- www.ekantipur.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता