‘२३ गते देश मर्‍यो, २४ गते देश जल्यो’ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृह मन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीमा कुनै तलमाथि नगर्ने बताएका छन् । उनले आफू शक्ति र सत्ताको लोभमा नभई जिम्मेवारी पूरा गर्न सरकारमा आएको दाबी गरेका छन् । प्रथम जेनजी शहिद दिवसका अवसरमा मंगलबार पुरानो संसद भवनभित्र आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले पार्टी सभापति लामिछानेले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताए । ‘कहिलेकाहीँ पार्टी सभापतिले भन्नुहुन्छ– बाबु, कति कुरा तिमीले नबुझेको पनि हुन सक्छ, हामी बुझाउँछौँ, सबैको सल्लाह लिनु भन्नुहुन्छ,’ उनले भने, ‘म उहाँहरूसँगै सल्लाह गरेर अगाडि बढ्छु ।’

गुरुङले अब नेपालमा २०८२ भदौ २३ गतेजस्तो गोली चलाउनुपर्ने अवस्था सिर्जना हुने गरी आन्दोलन नहुने दाबी गरे । आगामी दिनमा राज्यले जेनजी आन्दोलनमा भएको घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।‘अब फेरि यस्तो गोली चलाउने हिम्मत कसैसँग हुँदैन। अब यस्तो प्रकृतिको आन्दोलन नै हुँदैन,’ उनले भने। पुराना राजनीतिक दलका नेताहरूले भदौ २४ गते देश जलाइएको टिप्पणी गरिरहेकोतर्फ संकेत गर्दै गुरुङले त्यसको प्रतिवाद गरे । ‘२३ गते देश मर्‍यो, अनि २४ गते देश जल्यो,’ उनले भने, ‘देश नै मरेपछि भवनहरूको के काम?’ गृहमन्त्री गुरुङले आफूलाई अहिले पनि शक्ति र सत्ताको कुनै लोभ नभएको बताए। शक्ति र सत्ताको लोभमा परेकै कारण पुराना राजनीतिक दलहरूको अवस्था आफूहरूको आँखाअगाडि देखिएको उनको टिप्पणी थियो ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आफूलाई हरेक दिन डर लाग्ने गरेकोसमेत उनले बताए । ‘म कुर्सीमा बस्दै गर्दा मलाई डर लाग्छ , मैले केही काम गर्न सक्दिनँ कि भन्ने हुन्छ । त्यही डरले राति राम्रोसँग सुत्न पनि सक्दिनँ,’ उनले भने, ‘मन्त्रालयको त्यो कुर्सीमा बसेको तपाईंहरूले आन्दोलनमा गुमाउनुभएका आफन्तहरू नै हुन् भनेर सम्झनुहोस् ।’ गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने नेतृत्वमा रहुन्जेल जेनजी आन्दोलनले उठाएका मागहरू पूरा हुने दाबी गरे । उनले पुराना दलका नेताहरू भाषणमा मात्रै सीमित भएको आरोप लगाउँदै अहिलेका नेता र मन्त्रीहरू काम गर्न आएको बताए । आफूलाई ‘धेरै मिलाएर बोल्न’ नआउने भन्दै उनले कामलाई प्राथमिकता दिने दाबी गरे । ‘पुराना दलका नेताहरूले अहिले पनि लासमाथि राजनीति गर्न खोजिरहेका छन्,’ उनले भने, ‘हामी चुनाव जितेर जनताबाट अनुमोदित भएर आएका हौँ, राजनीति सिक्न होइन, सिकाउन आएका हौँ ।  चेतना भया।’

गृहमन्त्री गुरुङले वर्तमान सरकारले आन्दोलनका क्रममा खटिएका सुरक्षाकर्मीलाई समेत न्याय दिने बताए । सुरक्षाकर्मीलाई विगतमा राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाउँदै उनले अब त्यस्तो नहुने स्पष्ट पारे । ‘सुरक्षाकर्मीहरूले पनि जस्टिस पाउनुपर्छ। पुराना नेताहरूले सुरक्षाकर्मीलाई सत्ताका लागि प्रयोग गरे, सुटकेस बोकाए,’ उनले भने, ‘अब हामीत्यो गर्ने छैनौँ।

धानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु

दोहा, कतार । भारत ‘ए’सँगको अघिल्लो खेलमा निराशाजनक हार बेहोरेको नेपालले एसीसी एसिया कप राइजिङ