भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महत्त्वपूर्ण भेटघाट गर्दै छन् । दुईदिने भ्रमणअन्तर्गतका दोस्रो दिन सोमबार बिहानैबाट बालेनको व्यस्त कार्यतालिका छ ।
आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेका बालेनका सोमबार अरुत्त्वत्वपूर्ण भेट र कार्यक्रम छन् ।
बालेनलाई भारत सरकारको तर्फबाट बिहान सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति कार्यालयमा आयोजिक एक विशेष कार्यक्रबीच प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतका सरकारको तर्फबाट उनलाई सो सम्मान दिइएको हो ।
सो कार्यक्रमका पुग्दा मोदीले नेपालका प्रधानमन्त्री बालेनसँग अंकमाल गरेका थिए । त्यसपछि उनलाई भव्य समारोहबीच ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।
त्यसपछि हैदरावादा हाउसमा द्विपक्षीय वार्ता सुरु गर्नुअघि प्रधानमन्त्री बालेनले मोदीलाई रुद्राक्ष र पशुपतिको चन्दन प्रसादस्वरूप दिएका छन् ।
मोदीलाई बालेनले पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका हुन् । उपहार सेटमा रुद्राक्ष, शालीग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका छन् ।\


