सन्दीप–कुशलको जादु चल्दा यूएई धराशायी, नेपाललाई जित्न १२२ रन आवश्यक

दोहा, कतार । भारत ‘ए’सँगको अघिल्लो खेलमा निराशाजनक हार बेहोरेको नेपालले एसीसी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा यूएईविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। आइतबार कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले यूएईलाई ३९.५ ओभरमा १२१ रनमै समेटेको हो।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिएपछि यूएईको ब्याटिङ लाइनअप धराशायी बनेको हो।

सन्दीपले १० ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३ मेडन ओभरसमेत फ्याँके। त्यस्तै, कुशल भुर्तेलले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट झारे।

नेपालका लागि राशिद खानले १ विकेट लिँदा ललित राजवंशी र नन्दन यादवले पनि १–१ विकेट हात पारे। नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण यूएईका ब्याटरले खुलेर रन बनाउन सकेनन्।

यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा उक्त रन बनाएका हुन्। हरप्रित सिंहले ३२ रन जोड्दा नोरुल्लाह अयोबीले १२ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

यूएईलाई १२१ रनमा समेटेसँगै नेपालले अब जितका लागि १२२ रनको लक्ष्य पाएको छ। अघिल्लो खेलको हारपछि नेपालका बलरहरूले देखाएको यो प्रभावशाली प्रदर्शनले टोलीलाई प्रतियोगितामा पुनरागमन गर्ने अवसर दिएको छ।

धानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु

काठमाडौं । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको