बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौं । दिग्गज बलिउड तथा मराठी अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित निवासमा उनलाई गम्भीर कार्डियक अरेस्ट भएको थियो ।

बिहीबार बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरिएको हो । अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।

नाना पाटेकर हिन्दी र मराठी सिनेमाका प्रभावशाली अभिनेतामध्ये एक थिए । सन् १९७८ मा ‘गमन’बाट हिन्दी सिनेमामा प्रवेश गरेका उनले ‘सलाम बम्बे ’, ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी द म्युजिकल’, ‘अब तक छप्पन’, ‘राजनीति’ र ‘वेलकम’लगायत चर्चित फिल्ममा अभिनय गरेका थिए ।

‘परिन्दा’ र ‘क्रान्तिवीर’ लगायतका फिल्ममा दमदार अभिनयका लागि उनले राष्ट्रिय फिल्म पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए । आफ्नो विशिष्ट संवाद शैली र गम्भीर अभिनयका कारण उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए ।

अभिनयसँगै उनी निर्माता, निर्देशक तथा लेखकका रूपमा समेत सक्रिय थिए । उनको निधनले भारतीय फिल्म क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । बाढीपहिरोका कारण नेपाल–चीनबीचका तीन प्रमुख उत्तरी व्यापारिक नाका बन्द हुँदा चाडपर्वको मुखमा आयात

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११