मुगुमा पहिरोले बोलेरो जिप पुरियो, मानवीय क्षति हुनबाट जोगियो

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-१२ स्थित सुनाता खोला नजिकै माथिबाट खसेको पहिरोले एक बोलेरो जिप पुरेको छ।

बिहीबार बिहान करिब १०:३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप पहिरोको चपेटामा परेको हो। उक्त जिप विशाल खत्रीले चलाइरहेका थिए।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। रोवाबाट करिब दुई घण्टा दक्षिणमा पर्ने घटनास्थलमा प्रहरी टोली दिउँसो १:२० बजे पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

पहिरो खस्ने समयमा जिपभित्र कोही पनि सवार नरहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरोमा पुरिएको जिपलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

धानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु

दोहा, कतार । भारत ‘ए’सँगको अघिल्लो खेलमा निराशाजनक हार बेहोरेको नेपालले एसीसी एसिया कप राइजिङ