काठमाडौं । ताप्लेजुङको ओलाङ्चुङगोला केन्द्रबिन्दु भएर आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार आज मङ्सिर ८ गते बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको थियो ।
यसअघि अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) ले उक्त भूकम्प ५.३ म्याग्निच्युडको रहेको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।


