नेपालको आतिथ्य क्षेत्रमा स्वस्थ जीवनशैली र दिगोपनको लहर

नेपालको आतिथ्य क्षेत्रमा स्वस्थ जीवनशैली र दिगोपनको लहर

काठमाडौं, २७ वैशाख ।
नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा पछिल्लो समय स्वस्थ जीवनशैली (वेलनेस) र वातावरणीय दिगोपन (सस्टेनेबिलिटी) लाई प्राथमिकता दिन थालिएको छ। विशेषगरी काठमाडौं लगायतका प्रमुख पर्यटकीय क्षेत्रका होटलहरूले पाहुनाहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै प्रकृतिमैत्री सेवाहरू विस्तार गरिरहेका छन्।

नेपालको पहलमा संयुक्त राष्ट्र संघले वैशाख ३ गते (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ घोषणा गरेसँगै यस क्षेत्रमा थप उत्साह थपिएको छ। नेपाल लामो समयदेखि पदयात्रा र पर्वतारोहणका लागि मात्र नभई ध्यान, आयुर्वेद, र योगका लागि पनि विश्वकै रोजाइको गन्तव्य बन्दै आएको छ। हालैका विश्वव्यापी संकट र मानसिक तनावका कारण मानिसहरूमा आध्यात्मिक र शारीरिक स्वास्थ्यप्रति चासो बढेको छ, जसलाई मध्यनजर गर्दै नेपाली होटलहरूले योग र ध्यानका सत्रहरूलाई आफ्नो सेवाको अभिन्न अंग बनाएका छन्।

वातावरणीय दिगोपनका क्षेत्रमा पनि होटलहरूले महत्त्वपूर्ण पाइला चालेका छन्। उदाहरणका लागि, ठमेलस्थित एलोफ्ट काठमाडौं जस्ता होटलहरूले प्लास्टिकको प्रयोगमा व्यापक कटौती गरेका छन्। उनीहरूले बाँसबाट बनेका सामग्री, पुनः प्रयोग गर्न मिल्ने डिस्पेन्सर र रासायनिक मुक्त सरसफाइका सामग्री प्रयोग गर्न थालेका छन्। काठमाडौं उपत्यकामा खानेपानीको अभावलाई ध्यानमा राख्दै धेरै होटलहरूले आकाशे पानी संकलन (रेनवाटर हार्भेस्टिङ) र आफ्नै ढल प्रशोधन केन्द्र (एसटीपी) सञ्चालनमा ल्याएका छन्।

होटलहरूले ‘कोर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ (CSR) अन्तर्गत पनि रचनात्मक कार्यहरू गरिरहेका छन्। पाहुनाहरूले प्रयोग गरेर बाँकी रहेका साबुनहरूलाई संकलन गरी पुनः प्रशोधन गरेर विपन्न समुदायमा वितरण गर्ने ‘होप फर सोप’ जस्ता अभियानहरू सञ्चालनमा छन्। साथै, पुराना बेडसिट र कपडाहरूलाई रिसाइकल गर्ने कार्य पनि भइरहेको छ।

नेपालको पर्यटन क्षेत्रको मूल मन्त्र ‘अतिथि देवो भवः’ लाई आत्मसात गर्दै अबका दिनमा पर्यटकीय सेवाहरू केवल विलासितामा मात्र सीमित नभई प्रकृति र मानव स्वास्थ्यको संरक्षणमा पनि केन्द्रित हुने देखिएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा

श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट

काठमाडौँ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूह अराकान आर्मी (एए)को नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले