न्यायाधीशका पीएसओको आत्महत्या- कञ्चटमा ताकेको गोली टाउकोमा लाग्यो, अस्पताल पुगेपछि प्राण गयो

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । काठमाडौंको टोखा नगरपालिका–१ स्थित न्यायाधीशको घरमा हवल्दार डोलनाथ ढकालले बिहीबार साँझ आफैँलाई गोली हानेका हुन् ।

न्यायाधीशको सुरक्षार्थ खटिएका ढकालले आफूले बोकेको सरकारी पेस्तोलबाट गोली प्रहार गरेका थिए । गोली लागेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै परिवारका सदस्यहरूले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरू घटनास्थल पुगेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । न्यायाधीशको सुरक्षामा खटिएका सुरक्षाकर्मीले न्यायाधीशकै निवासभित्र आफैँलाई गोली प्रहार गरेपछि घटनाले सुरक्षा निकायमा समेत चासो बढाएको छ ।

घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। नेपाल