काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । हुन त उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।
तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका मुद्दाहरू हाल विचाराधीन छन् ।


