काठमाडौं–पोखरा ‘एक्सप्रेस वे’को अध्ययन यसैवर्ष थाल्छौँ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौंदेखि पर्यटकीय शहर पोखरा २ घण्टामै पुग्नेगरी एक्सप्रेस वे (द्रुतमार्ग)को अध्ययन थाल्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काठमाडौं–पोखरा ‘एक्सप्रेस वे’को अध्ययन यसैवर्ष थालिने बताएका हुन् ।

बजेटमा यो कार्यक्रम समावेश भएको भन्दै उनले २ घण्टामै पुग्नेगरी पोखरा–बुटवल ‘एक्सप्रेस वे’ को ठेक्का यसैवर्ष लाग्ने बताए । यसको कार्ययोजना अगाडि बढाइएको पनि उनले बताए ।

६ सय अर्ब लगानीमा ८ वटा पर्यटकीय राजमार्ग बनाउने सरकारको लक्ष्य रहेको उनले बताए । उनले अपिनप्पा र पाथीभरालाई जोड्ने गरी एक्सप्रेस वे बनाउने योजना रहेको बताए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई