बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् ।

स्टार्मरले राजीनामाको घोषणा गर्दै आफु पछि प्रधानमन्त्री बन्ने नेतालाई पुरा सहयोग गर्ने बताएका छन् । लेबर पार्टीको नेताबाट राजीनामा दिदै स्टार्मरले पार्टीको कमिटीलाई जुलाई ९ सम्म नयाँ नेता चयन गर्न आग्रह गरेका छन् ।

स्टार्मरको राजीनामा सँगै बेलायतमा पछिल्लो १० वर्षमा कार्यकाल पूरा नगरी पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बनेका छन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए ।

स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । जुलाई ५ २०२४ मा बेलायतको प्रधानमन्त्री बनेका स्टार्मर त्यसपछि निरन्तर लोकप्रियता घट्दै गएको थियो । उनको कार्यकालमा विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ ।

कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री