रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

सभापति रवि लामिछानेले मतदान गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचनअन्तर्गतकाे पहिलो चरणको मतदान सकिएकाे छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार मध्याह्न साढे १२ बजे मतदान औपचारिक रूपमा सकिएको हो । यसअघि आयोगले मध्याह्न १२ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

मतदान बुधबार राति १२ बजेदेखि विद्युतीय प्रणालीमार्फत सुरु भएको थियो । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रारम्भिक विवरणमा करिब ३ हजार १ सय मत खसेको देखिएको छ । महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

मतदान सम्पन्न भएसँगै अब मत गणना तथा परिणाम सार्वजनिक गर्ने प्रक्रियातर्फ पार्टी अघि बढेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। प्रवासबाहेक पहिलो

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । संघीय संसद

काठमाडौं । मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले