शेयर खरिद गर्दा अतिरिक्त १ प्रतिशतका दरले अतिरिक्त कर उठाउने तयारीमा सरकार

सरकारले शेयर खरिद बिक्रीमा अतिरिक्त १ प्रतिशतका दरले थप कर उठाउने भएको छ । खरिदकर्ताले कुनै कम्पनीको शेयर किन्दा कारोबार मूल्यको एक प्रतिशत कर उठाउने नयाँ प्रस्ताव अघि सारेको हो ।

नयाँ बन्ने कम्पनी ऐन, २०८३ को मस्यौदामा शेयर किनबेच गर्दा खरिदकर्ताले तिर्ने रकम बराबरको एक प्रतिशत शुल्क उठाउने प्रस्ताव गरिएको छ । यस्तो व्यवस्था हालसम्म छैन । यदि यसो गरिए, खरिदकर्ताले लाभको आधारमा नभएर शेयर खरिद गरेकै कारण अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

ऐनको मस्यौदाको दफा ८९ मा भनिएको छ, २५ लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो शेयर विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गर्दा व्यक्तिले एक प्रतिशतका दरले शेयर हस्तान्तरण शुल्क बुझाउनु पर्नेछ ।

विद्यमान कम्पनी ऐनअनुसार कम्पनी दर्ता गर्दा, पुँजी वृद्धि गर्दा, नाम परिवर्तन गर्दा र खारेजी गर्दा मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा शुल्क बुझाउनुपर्छ । तर, शेयर खरिदबिक्रीमा हस्तान्तरण शुल्क भने लिने व्यवस्था छैन ।

सरकारले नयाँ ऐनमार्फत शेयर खरिद बिक्रीमा थप एक प्रतिशत अतिरिक्त कर उठाउने रणनीति बनाएको शेयरबजारका लगानीकर्ताहरूको आरोप छ । आर्थिक विधेयकमार्फत पुँजीगत लाभ कर बढाएको सरकारले थप शुल्क असुल्न यस्तो नीति अघि सारेको उनीहरूको आरोप छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई