‘भीसीमा कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीले बार्गेनिङ गरिरहेका छन्’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा देशलाई अस्तव्यस्त बनाउँदै लगेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभामा बोल्दै उनले विश्वविद्यालय र विद्यालय अस्तव्यस्त बनाएको बताए ।

‘सुशासन र भ्रष्टाचारको कुरा गर्छ । आज विश्वविद्यालयका भीसीहरू अन्तर्वार्ता दिदैँ छन् । कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग मान्छेसँग बार्गेनिङ गरिरहेका छन् । यही हो सुशासन ?,’ सांसद विष्टले भने ।

उनले स्टाटस लेखेर कुनै पार्टीलाई गाली गरेर देश नबन्ने र देश बन्नको लागि राजनीतिक कुटनीतिक संवाद आवश्यक रहेको बताए । सुशासनको नाममा देशलाई विग्रहमा नपारोस् भन्ने कामना पनि सांसद विष्टले गरे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका

रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई