काठमाडाैंका पेट्रोल पम्पको बदमासी, मूल्य घटेसँगै ‘सटर डाउन’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पले इन्धन बिक्री बन्द गरेका छन्। धेरै पम्पले परिसरमै ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर सेवा स्थगित गरेका छन्।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँ घटाएको थियो।

मूल्य घटेसँगै पुरानो मौज्दातको इन्धन नयाँ मूल्यमा बिक्री गर्दा ठूलो घाटा हुने भन्दै अधिकांश निजी पेट्रोल पम्प सञ्चालकले बिक्री रोकेको जनाएका छन्। उनीहरूका अनुसार, पुरानो स्टकमा भएको आर्थिक नोक्सानीको विषय सम्बोधन नभएसम्म इन्धन बिक्री गर्न कठिन हुने अवस्था सिर्जना भएको छ।

पेट्रोल पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण भने निराश भएर फर्किन बाध्य भएका छन्। केही सञ्चालनमा रहेका पम्पमा भने सवारीसाधनको चाप बढेको देखिएको छ।

मूल्य बढ्दा फाइदा कमाउने सञ्चालकहरूले घट्दा भने बदमासी गरेको भन्दै उपभोक्ताहरूले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । सरकारले यसबारे उचित कदम चाल्नुपर्ने उनीहरूको माग छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई