हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै, बेग्नास ताल क्षेत्रमा १ अर्ब १४ करोड लागतमा सुविधासम्पन्न लक्जरी रिसोर्ट बन्दै

पोखराको रमणीय पर्यटकीय गन्तव्य बेग्नास ताल क्षेत्रमा करिब १ अर्ब १४ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न लक्जरी वेलनेस रिसोर्ट निर्माण भइरहेको छ ।

वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिद्वारा प्रवर्द्धित ‘वाटफोर्ड वेलनेस रिट्रीट’ को निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । हाल सार्वजनिक गरिएको विवरणअनुसार परियोजनाले करिब ४८ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ । रिसोर्टलाई सन् २०२७ जुलाई १७ देखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । कुल १ अर्ब १४ करोड ९० लाख रुपैयाँ अनुमानित लागत रहेको यो आयोजना ६०ः४० को ऋण–स्वपुँजी अनुपातमा निर्माण भइरहेको छ ।

प्रवर्द्धकहरूले आफ्नो तर्फबाट प्रतिबद्ध स्वपुँजीको करिब ८७ प्रतिशत रकम जुटाइसकेका छन् । यसअन्तर्गत ३० करोड रुपैयाँ चुक्ता पुँजी र ८ करोड ८६ लाख ४० हजार रुपैयाँ सेयर आवेदन रकम गरी कुल ३८ करोड ८६ लाख ४० हजार रुपैयाँ संकलन भइसकेको छ । आयोजनाका लागि यसअघि स्वीकृत ४० करोड रुपैयाँ बैंक ऋणलाई बढाएर ७० करोड रुपैयाँ पु¥याउने तथा अर्को बैंकमार्फत  रिफाइनान्स गर्ने प्रस्ताव गरिएको छ । ६४ वटा कोठा रहने याे बुटिक रिसोर्टले हङकङको विश्वप्रसिद्ध ‘आर्गिल होटल्स ग्रुप’ सँग फ्रेन्चाइज सम्झौता गरेको छ ।

सो सहकार्यमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा तथा व्यवस्थापन उपलब्ध गराउँदै पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

कम्पनीको मुख्य स्वामित्व अन्तर्राष्ट्रिय होटल क्षेत्रमा २५ वर्षभन्दा बढी व्यवस्थापकीय अनुभव भएका पर्यटन व्यवसायी दिनेश कुमार कान्छासँग रहेको छ । यसले परियोजनाको व्यवस्थापन तथा सञ्चालन क्षमता बलियो रहेको संकेत गरेकाे छ ।

क्रेडिट मूल्याङ्कन संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले परियोजनाको ७० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधालाई ‘आईआरएन बीबी–’ तथा १ करोड ५० लाख रुपैयाँको अल्पकालीन बैंक सुविधालाई ‘आईआरएन ए–४’ श्रेणीको रेटिङ प्रदान गरेको छ ।

अनुभवी प्रवर्द्धक, अन्तर्राष्ट्रिय होटल ब्रान्डसँगको सहकार्यलाई सकारात्मक रुपमा हेरिएको छ भने यद्यपि बाँकी ऋणको वित्तीय व्यवस्थापन टुङ्ग्याउनु, निर्माण कार्य तोकिएको समय र लागतभित्र सम्पन्न गर्नु तथा होटल क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र पर्यटन व्यवसायको मौसमी उतारचढाव परियोजनाका प्रमुख चुनौतीका रूपमा रेटिङ कम्पनीले अथ्र्याएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई