प्रहरीका ८ एआइजीको सरुवा : सीआइबीमा उमाशंकर चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ ।

सीआईबीका एआईजी डा मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ । रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा भएको छ ।

मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ । एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ । प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई