कृतिम अभाव देखाएर पेट्रोल पम्प बन्द गर्न नपाइने, गरे १० लाखसम्म जरिवाना !

काठमाडौँ । पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव देखाएर पम्प बन्द गर्न नपाउने भएका छन् । ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली’ संशोधन गर्दै नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो ।

संशोधित व्यवस्था अनुसार कृतिम अभाव देखाएर पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । त्यसबाहके ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरणमा रोक्का गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रीमा रोक लगाएपछि उद्योगमन्त्री गौरी कुमारी यादवको निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।

बुधबार राति बसेको निगम सञ्चालक समितिको बैठकले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ वाक्य थप गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्को बैठक आज बेलुकी ५

जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् उनलाई जलेश्वर कारागार पठाइएको

काठमाडौँ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा