थमन विक हत्या प्रकरण : एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान

जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् उनलाई जलेश्वर कारागार पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले पेश गरेपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाइएको  महोत्तरीको प्रहरी प्रवक्ता एव डिएसपी पन्चलाल गोलेले जनाए ।

मधेस आन्दोलनको क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई बिहीबार पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार  २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्को बैठक आज बेलुकी ५

काठमाडौँ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको