सम्पत्ति शुद्धीकरणलाई राजनीतिक हतियार बनाएका छैनाैँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन नसक्ने बताए ।

उनले भने, ‘यसलाई राजनीतिक हतियारका रूपमा अघि बढाउनु हुँदैन । हामी ग्रे लिस्टबाट बाहिरिनुपर्ने अवस्थामा छौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई राजनीतिक अभीष्ट पूरा गर्न दुरुपयोग गरियो भने हामी ग्रे लिस्टबाट निस्कन सक्दैनौँ ।’

वाग्लेले सरकारले पूर्वाग्रह वा प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी संयन्त्र प्रयोग नगरेको पनि स्पष्ट पारे ।  विगतमा सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहँदा उजुरी सङ्कलन गरेर राजनीतिक प्रतिशोध र उत्पीडनका लागि यसको दुरुपयोग हुने गरेको बताउँदै उनले भने, ‘त्यो अप्रिय अभ्यासबाट पाठ सिक्दै हामी अहिले यसलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ ।’

उनले सम्पत्ति शुद्धीकरण विभाग हाल अर्थ मन्त्रालयअन्तर्गत रहेको स्पष्ट पार्दै यसलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको भन्ने धारणा गलत भएको बताए । साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र हेर्ने भन्ने बुझाइ पनि सही नभएको उनको भनाइ थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको