ठूला विद्युतीय गाडीमा अब बैंकहरूले खुलेर लगानी गर्न पाउने, कर्जा सहजीकरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले व्यावसायिक ठूला विद्युतीय गाडीमा कर्जा सहजीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गर्ने जनाएको हो ।

हाल विद्युतीय गाडीमा लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम छ । अर्थात् विद्युतीय सवारीमा मूल्यका आधारमा बैंकहरूले ६० प्रतिशतसम्म कर्जा लगानी गरिरहेका छन् । केन्द्रीय बैंकले यस्तो कर्जाको सीमा बढाउने जनाएको हो ।

यसअघि सबै विद्युतीय गाडीको लोन टु भ्यालु रेसियो ८० प्रतिशत थियो । अघिल्लो वर्षको मौद्रिक नीतिले यस्तो सुविधा कटौति गर्दै विद्युतीय सवारीको लोन टु भ्यालु रेसियो ६० प्रतिशतमा झारेको थियो, जसका कारण विद्युतीय गाडीको प्रयोगको प्रोत्साहन नीतिमा गम्भीर असर गरेको भन्दै व्यवसायीहरूले पुनः ८० प्रतिशत कायम गर्न राष्ट्र बैंकसँग माग गरेका थिए ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहजीकरण गर्ने भएका हुन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा