स्वयम्भूमा मनाइयो दलाई लामाको जन्मोत्सव,

तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन काठमाडौंमा मनाइएको छ ।

स्वयम्भूस्थित नामग्याल स्कूलमा विशेष कार्यक्रम आयोजना गरेर लामाको ९१औँ जन्मदिन मनाएका हुन् ।

कार्यक्रममा काठमाडौंस्थित विभिन्न पश्चिमा देशका कुटनीतिज्ञहरू सहभागी थिए ।

नेपालले एक चीन नीतिअन्तर्गत नेपालमा दलाई लामाका गतिविधि गर्न वर्जित छ ।

चीनले नेपालमा दलाई लामाको गतिविधि खुलेआम रूपमा हुने गरेको भन्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । दलाई लामाका अनुयायीहरूले भने विभिन्न गुम्बामा गतिविधि गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी सुजन बर्देवाले दलाई लामाको जन्मदिन मनाउन प्रशासनले अनुमति नदिएको बताएकी छन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले सार्वजनिक रूपमा त्यस्तो कार्यक्रम आयोजनाको अनुमति दिने कुरै नहुने भन्दै स्वयम्भूमा भएको भनिएको कार्यक्रमबारे प्रहरी बुझ्न जाँदा कार्यक्रम नभेटिएको बताए ।

‘आ-आफ्नो धार्मिक आस्थाअनुसारका गतिविधि गर्न पाइन्छ, तर चर्चामा आएको भनिएको कार्यक्रमबारे कुनै अनुमति छैन’, उनले भने ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई