फेसबुकमा स्वास्थ्यमन्त्रीको आलोचना गरेका स्वास्थ्यकर्मी ‘माथिको आदेश’ बाट पक्राउ

सर्लाही । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेका धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेले माथिल्लो निकायको निर्देशनअनुसार पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

पक्राउ परेका अधिकारी हेल्थ असिस्टेन्ट (एचए) हुन् । उनी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका साथै लोकसेवा आयोगको तयारीसमेत गरिरहेका थिए । पछिल्लो समय उनले स्वास्थ्यमन्त्री निशा मेहताको कार्यशैलीमाथि सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गर्दै आएका थिए ।

अधिकारीले सेवा-सुविधा, दरबन्दी, पेशागत असुरक्षालगायतका पीडा पोख्दै समस्या समाधान गर्न नसके राजीनामा गर्न भनेका थिए ।

गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो रङले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए । अर्को स्टाटसमा उनले लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरिब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ । अख्तियार के गर्दैछ ? लाज बेचिसक्यौ भने स्वास्थ्यमन्त्री पदबाट राजीनामा देऊ ।’

प्रहरीले उनलाई पक्राउको ठोस कारण खुलाएको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा