कांग्रेसको प्रश्न– यो महँगीमा १५ हजार रुपैयाँ लिएर सुकुम्बासी परिवार कहाँ जाने ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद हरिना देवी कामीले सरकारले उपलब्ध गराएको रकमले सुकुम्बासी परिवारलाई अपुग हुने बताइन् ।

‘३८८ सुकुम्बासी परिवारलाई कुनै वैकल्पिक व्यवस्थाबिनै ५ दिनभित्र आश्रयस्थल खाली गर्न दिएको निर्णय केबल प्रशासनिक निर्णय मात्र होइन, मानव संवेदनामाथिको प्रहार हो । सरकारले २५ हजार एकमुष्ट र ३ महिनासम्म मासिक १५ हजारका दरले दिने आश्वासनलाई समाधानको रूपमा प्रस्तुत गरेको छ तर यो महँगीमा १५ हजार लिएर ती परिवार कहाँ जाने ?,’ उनले भनिन् ।

सुकुम्बासीहरूले हामी कहाँ जाने भनेर प्रश्न गरिरहेको पनि उनले बताइन् । राज्यले नागरिकलाई सडकतर्फ धकेल्न खोजेको उनले आराेप लगाइन् ।

‘कतिपय सुकुम्बासी अझै राज्यको सूचीमा छैनन्, उनीहरूले कसरी न्याय पाउने ? विकासको नाममा नागरिकलाई विस्थापित गर्न सकिँदैन, घरबारविहीन गर्न पाइँदैन । ५ दिनभित्र आश्रय खाली गर्न दिएको अल्टिमेटम फिर्ता लिइयोस्,’ उनले भनिन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका