रौतहटमा प्रधानमन्त्री बालेन विरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।

मौलापुर नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको र त्यसका कारण बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।

उनीहरूले नगरपालिकाको नियमित सेवा, भुक्तानी र विकास निर्माण प्रभावित भएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।

प्रदर्शनकारीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊ’ र ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।

विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु गलत भएको उनीहरूको भनाइ छ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। तर, त्यसपछि अर्को अधिकृत नपठाइँदा नगरपालिकाको कामकाज प्रभावित भएको आन्दोलनरत पक्षको आरोप छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका

त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह गरेका व्यक्तिको पहिचान खुलेको छ । मुगुको सोरु