सरकारलाई नेकपाको प्रश्न : विदेशिने युवाको ताँती कहिले घट्छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी भूमिका खेल्न आग्रह गरेको छ ।

विदेशमा भएका सन्तानले नेपालमा रहेका आमाबुबा समेतलाई भोट दिन भनेको र त्यसआधारमा समेत रास्वपाले दुई तिहाइ बहुमत पाएको भन्दै नेकपाले जनमतको सम्मान गर्न आग्रह गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाकी सांसद भीमकुमारी बुढामगरले विदेशिने युवाको ताँती कहिले घट्छ भनेर सोधिन् । सरकारले १०० दिनमा गरेको कामले नेपालमै रोजगारी सिर्जना हुने वातावरण बन्दै गरेको विश्वास हुन नसकेको उनले बताइन् ।

साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने तिर नसोच्न पनि सरकारलाई उनको चेतावनी छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका