पाँच दिनमा सरकारले गर्‍याे ५७ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी

सरकारले आर्थिक वर्षको अन्तिममा सरकारी खर्चको भुक्तानीलाई तीव्रता दिएको छ । पछिल्लो पाँच दिनमा मात्र सरकारले ५७ अर्ब ६२ करोड रुपैयाँमाथि भुक्तानी दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार आर्थिक वर्ष सकिने असारमसान्तको समय सीमाभन्दा कम्तीमा एक साता अघि सरकारी भुक्तानी रोक्नुपर्ने व्यवस्था छ ।

चालु वर्षको असार मसान्तअघि एक साताको समयलाई लिँदा २४ असार, २०८३ को मिति हुन्छ । योसँगै सरकारले अन्तिम समयमा भुक्तानीलाई तीव्रता दिएको हो ।

आर्थिक वर्षको खर्चको भुक्तानी रोक्ने अन्तिम दिनको अघिल्लो रातसम्ममा सरकारले कुल १५ खर्ब १४ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

यो विनियोजित बजेटको ७७.१३ प्रतिशतको खर्च हो । चालु वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरिएको थियो ।

पाँच दिनमा ५७ अर्ब ६२ करोड खर्च

सरकारले असारको पछिल्लो पाँच दिनमा मात्र कुल ५७ अर्ब ६२ करोड १७ लाख रुपैयाँ बजेट खर्च अर्थात् भुक्तानी गरेको छ । १९ असारदेखि २३ असारसम्मको भुक्तानी रेकर्ड हेर्दा,

१९ असार– १२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ,

२० असार– १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ,

२१ असार– २ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ,

२२ असार– २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ,

२३ असार– ११ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ,

कुल–५७ अर्ब ६२ करोड १७ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको रेकर्डमा छ ।

कुल खर्चमध्ये नियमिततर्फ १० खर्ब २१ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ (८६.५२ प्रतिशत) रहेको छ भने पुँजीगततर्फ १ खर्ब ५६ अर्ब ४३ करोड १३ लाख रुपैयाँ (३८.३५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ३६ अर्ब ७० करोड ७४ लाख रुपैयाँ (८९.७३ प्रतिशत) प्रगति रहेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई