राहदानी विभागको गेटमा आत्मदाह प्रयास गर्नुअघि महानगर प्रहरीले गरेको थियो बाइकमा ह्वीललक

त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह गरेका व्यक्तिको पहिचान खुलेको छ ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए ।

‘उहाँले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्विल लक गरेको सम्म थाहा भयो, उहाँले त्यही कारणले आत्मदाह प्रयास गर्नुभयो वा अन्य भन्ने चाहीँ बुझ्ने क्रममा छौं,’ एसपी भट्टराईले भने ।

प्रहरीका अनुसार, उनी हल्का बोल्नसक्ने अवस्थामा छन् । करिब ६५ प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ ।

आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा