‘पीएम डेलिभरी युनिट’ गठन गर्दै बालेन

काठमाडौं । सरकारका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘पीएम डेलिभरी युनिट’ अर्थात् प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना गर्न लागेको छ ।

असार १८ गते मन्त्रिपरिषद्बाट पारित १८ बुँदे राष्ट्रिय प्रतिबद्धतामा समेटिएका विषयवस्तुहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन र विभिन्न निकायबीच समन्वय गर्न यो एकाइले जिम्मेवारी सम्हाल्ने भएको छ ।

उल्लेखनीय छ, बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएकै दिन चैत १३ गते शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची सार्वजनिक गरिएको थियो । यसबाहेक फागुन २१ गतेको निर्वाचनमा सहभागी भई राष्ट्रिय मान्यता प्राप्त गरेका ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताहरूलाई पनि समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार पारिएको हो ।

यसमध्ये केही विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटमा पहिल्यै समावेश भइसकेका छन् भने बाँकी विषयलाई भविष्यमा आउने सुधार एजेण्डासँग जोड्दै लगिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्बन्धित मन्त्रालय तथा निकायहरूले आ-आफ्ना वार्षिक कार्यक्रम र बजेटमार्फत यी प्रतिबद्धता कार्यान्वयन गर्नेछन्, जसको समग्र प्रगति नियाल्ने र अन्तरनिकाय समन्वय गर्ने काम नयाँ स्थापना हुने पीएम डेलिभरी युनिटले गर्नेछ ।

पीएम डेलिभरी युनिट नेपालका लागि भने नयाँ अवधारणा होइन । विश्वका धेरै देशमा यस्तो अभ्यास पहिल्यैदेखि चलिआएको छ । सन् २००१ मा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको पालामा ‘प्राइम मिनिस्टर्स डेलिभरी युनिट’स्थापना भएको थियो, जसले स्वास्थ्य, शिक्षा, अपराध नियन्त्रण र यातायातजस्ता प्राथमिकता क्षेत्रमा सरकारी लक्ष्यअनुसार प्रगति भए-नभएको निगरानी गर्थ्यो । पछि बेलायतका विभिन्न सरकारले यसलाई समय-समयमा पुनर्गठन गर्दै आएका छन्, र हाल पनि प्रधानमन्त्री कार्यालयअन्तर्गत डेलिभरीसम्बन्धी संयन्त्र सक्रिय छ ।

मलेसिया र रुवान्डालगायतका देशमा पनि यस्तै अभ्यास पाइन्छ । रुवान्डामा त सरकारी कार्यक्रम समन्वय र नीति कार्यान्वयनको अनुगमन गर्ने प्रमुख जिम्मेवारी नै प्रधानमन्त्री कार्यालयलाई दिइएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको