सामाजिक सञ्जालमा ट्रोल बनेपछि मैले दुईपटक आत्महत्याको प्रयास गरेँ : सांसद थपलिया

नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले समाजिक सञ्जालमा ट्रोल बनेपछि आफूले दुईपटक आत्महत्याको प्रयास गरेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको २६ असारको बैठकमा बोल्दै यसअघिको संसद बैठका कांग्रेसकी प्रमुख सचेतक बासना थापा र आफूले बोलेको कुरा एकै रहेको विषयमा समेत प्रस्टीकरण दिइन् ।

सांसद थपलियाले सरकारले कुरा नसुनेसम्म दुई जना सांसदले मात्र नभएर धेरै सांसदले एकै कुरा बोल्ने बताइन् । सामाजिक सञ्जालमा ट्रोल बनेपछि आफू विक्षिप्त भएको समेत उनले बताइन् ।

‘यो अवधिमा २४ घन्टा नबित्दै तीन जना युवाहरूले आत्मदाह गरेको कुरा सामान्य थिए । सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो । सरकारले जबसम्म काम सुन्दैन हामी त्यो शैली अपनाउछौँ । दुई जना मात्र होइन, सयौँ माननीयले त्यो कुरा राख्न सक्छौँ । यसैलाई आधार बनाएर समाजिक सञ्जालमा ट्रोल बनाइएको थियो । ट्रोल सहन नसकेर म विक्षिप्त भएकी थिएँ,’ थपलियाले भनिन्, ‘यो अवधिभर मैले दुईपटक आत्महत्या गर्ने कोसिस गरेँ । समाजिक सञ्जाल कस्तो हुँदै छ कस्तो बनाउँदै छौँ भनेर आफैँ मूल्याकंन गरौँ । सत्य युगको सीतादेखि कलियुगका सीतासम्मले यो समाजमा कतिपटक अग्नि परीक्षा दिनुपर्छ ? म तयार छु ।’

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई