वाईवाई, मामा र गोलमोलसहित चार चाउचाउ गुणस्तरहीन : बिक्री-वितरणमा रोक, बजारबाट तत्काल फिर्ता गर्न आदेश

नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेका चारवटा ब्राण्डका चाउचाउ गुणस्तरहिन भएको भन्दै बजारबाट फिर्ता गर्न आदेश दिएको छ । विभागका अनुसार ‘बि.सी.जी फुड्स इन्टरप्राइजेज प्रा.लि’द्वारा उत्पादित गोलमोल, मामा, ‘चौधरी ग्रुप’को वाइवाई  र प्रिमियम पिरो चाउचाउ बिक्री-वितरणमा रोक लगाएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बजार अनुगमन र निरीक्षण गरी संकलन गरिएका चाउचाउका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत न्यूनस्तरको पाइएको जनाएको छ।

विभागले गोलमोल ब्रान्डको ब्याच नम्बर बी/बीएम२ सी, २०८३.०१.११, उत्पादन मिति २०८३/०१/११ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको चाउचाउ फिर्ता गर्न भनेको छ।

त्यसैगरी, वाईवाई ब्रान्डको ब्याच नम्बर बी/बीएम१-एक्स-२०२६-०५-१४, उत्पादन मिति २०२६/०५/१४ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउ पनि फिर्ता गर्न आदेश दिइएको छ।

प्रिमियम पिरो ब्रान्डको ब्याच नम्बर बी/बीएम२, सी, २०८३.०१.२८, उत्पादन मिति २०८३/०१/२८ तथा उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग अवधि उल्लेख भएको २५ ग्रामको चाउचाउ पनि फिर्ता गर्नुपर्ने सूचीमा छ।

यस्तै, मामा ब्रान्डको ब्याच नम्बर बी/बीएम१-एक्स-२०२६-०५-१३, उत्पादन मिति २०२६-०५-१३ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउसमेत बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ।

यी उत्पादनहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तरको पाइएकाले आम नागरिकको स्वस्थ्यमा गंभिर असर पर्न सक्ने भन्दै बजारबाट फिर्ता गरि बिक्री वितरणमा रोक लगाइएको विभागको भनाई छ ।

ऐनको दफा ३८ (२) को प्रावधान बमोजिम उल्लेखित ब्याच नम्बरका सम्पूर्ण चाउचाउहरू बजारबाट तत्काल फिर्ता लिन उत्पादक कम्पनीलाई आदेश दिइएको बिभागले जनाएको छ। साथै, सोही दफाको उपदफा (४) बमोजिम ती सामग्रीहरूको बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित सबैलाई सूचित गरेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री