कीर्तिपुरमा जलेको कार धनीबारे खुल्यो विवरण, मृतकको पहिचान अझै हुन सकेन

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान आगलागी भएको बा५च ३०३८ नम्बरको कारको अभिलेखमा रहेका धनी र ऋणीबारे विवरण खुलेको छ।

प्रहरीले भने कारको वास्तविक प्रयोगकर्ता र घटनाका बेला त्यसमा को सवार थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार सवारीसाधनको अभिलेखमा नबिल बैंक धनीका रूपमा उल्लेख छ भने सुरेश श्रेष्ठ र रजनी श्रेष्ठ ऋणीका रूपमा रहेका छन्। यो विवरण २०६२ सालको अभिलेखअनुसार भएको र त्यसयता कार नामसारी भइसकेको हुन सक्ने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ।

यस कारण हाल कारको वास्तविक स्वामित्व र प्रयोगकर्ता को हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा कारभित्र जलेर एक पुरुषको मृत्यु भएको थियो। मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार, मृतकको पहिचान अझै खुल्न सकेको छैन। घटनाको कारण, कारमा सवार व्यक्ति तथा आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई