भारतमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्ने क्रममा राहुल गान्धीसहित विपक्षी नेताहरू पक्राउ

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा सांसद राहुल गान्धीसहित विपक्षी दलका विभिन्न नेताहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास रहेको लोक कल्याण मार्गअगाडि धर्ना र प्रदर्शनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सोमबारको प्रदर्शनमा विद्यार्थीहरूमाथि सरकारले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसहितका वरिष्ठ नेताहरूले प्रधानमन्त्री निवासतर्फ सोजिएका थिए । प्रदर्शनमा सहभागी समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, सांसद डिम्पल यादवलगायतका नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गान्धीले सामाजिक सञ्जाल एक्समा लेख्दै विद्यार्थीमाथि भएको दमनबारे प्रधानमन्त्रीसँग जवाफ माग्न प्रधानमन्त्री निवासतर्फ मार्च गरिएको बताएका छन् । गान्धीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भएको धकेलाधकेलको भिडियो कांग्रेसले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई