टिचिङ अस्पतालले बिहीबार आधा दिन सेवा दिने

काठमाडौँ, साउन ६ गते ।त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुने जनाएको छ।

अस्पताल प्रशासनका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा त्रिवि दिवसका कारण आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक अस्पतालबाट प्रदान गरिने सबै नियमित दिवा सेवाहरू बन्द रहने जानकारी दिएको हो।

सूचनाअनुसार अस्पतालको इएचएस सेवा भने १ बजेदेखि सञ्चालन हुनेछ।सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले आवश्यक जानकारीका लागि उक्त सूचना सार्वजनिक गरिएको अस्पताल प्रशासनले जनाएको छ।

सौजन्य: गोरखापत्र

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री