मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं ।  बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।

रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

२८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको