काठमाडौं । डार्क हर्स इन्टरटेनमेन्टले निर्माण गरिरहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘साम्राज्य’ (The Rise of Saamraajya) को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा आगो, युद्धभूमि र घोडचढीमा रहेका योद्धाहरूको दृश्य प्रस्तुत गरिएको छ, जसले शक्ति, संघर्ष र साम्राज्य निर्माणको कथालाई झल्काउने प्रयास गरेको देखिन्छ। पोस्टरको गाढा र रहस्यमय शैलीले चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढाएको छ।
चलचित्रको निर्देशन सौरभ चौधरी ले गरेका छन् भने कथा तथा पटकथा बुद्धिसागर ले लेखेका हुन्। निर्माण पक्षका अनुसार चलचित्रले नेपाली इतिहास, सत्ता संघर्ष र वीरताको कथालाई नयाँ शैलीमा पर्दामा उतार्ने प्रयास गर्नेछ।चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन्। सह-निर्माताको रूपमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्माताको रूपमा शंकर पाण्डे रहेका छन्। छायांकन मनकृष्ण महर्जन ले गरेका छन् भने एक्सन निर्देशन श्री श्रेष्ठ को रहेको छ।चलचित्रको कलाकार तथा प्रदर्शन मिति भने निर्माण टिमले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।


