नर्भिक अस्पतालमा सेवा लिन १ लाख २७ हजार बिरामी पुगे, सवा २ अर्ब बढीको कारोबार

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै सवा २ अर्ब बढीको कारोबार गरेको छ। अस्पतालले यस अवधिमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कारोबार गरेको हो।

बढ्दो आम्दानी, सञ्चालन नाफा, नगद प्रवाह र ऋण तिर्ने क्षमतामा सुधार आएपछि कम्पनीको क्रेडिट रेटिङ पनि स्तरोन्नति भएको छ। कम्पनीको कुल २ अर्ब ७९ करोड ४७ लाख ८० हजार रुपैयाँ बराबरको बैंक सुविधा रेटिङ गरिएको छ।

आर्थिक सूचकमा उल्लेख्य सुधार र वित्तीय अंकगणित

रेटिङ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको थियो। चालु आवको पहिलो नौ महिनामै कम्पनीले २ अर्ब ४ करोड ४० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जसले कारोबार वृद्धिको निरन्तरता देखाएको छ।

अस्पतालको वित्तीय अवस्था सुदृढ बन्दै गएको सूचकहरूले पुष्टि गर्छन्। अस्पतालको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२२ को १९ प्रतिशतबाट बढेर २०२५ मा २७ प्रतिशत पुगेकोमा चालु आवको नौ महिनामा थप वृद्धि भई ३२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, नगद प्रवाह पनि आर्थिक वर्ष २०२५ को ४१ करोड ९० लाख रुपैयाँबाट बढेर चालु आवको नौ महिनामा ४७ करोड १० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। ऋण व्यवस्थापनतर्फ ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२४ को ५.३९ गुणाबाट बढेर २०२५ मा १०.९० गुणा तथा चालु आवको नौ महिनामा २४.२५ गुणा पुगेको छ भने समग्र ऋण–पुँजी अनुपात १.५० गुणाबाट घटेर १.१७ गुणामा झरेको छ।

१ लाख २७ हजार बढी बिरामी, शय्या क्षमता विस्तार गरिँदै

प्रतिवेदनले नर्भिकको तीन दशकभन्दा लामो सञ्चालन अनुभव, बलियो ब्रान्ड, चौधरी समूहअन्तर्गतको बीएलसी होल्डिङ्सको लगानी, अनुभवी व्यवस्थापन तथा बढ्दो बिरामी चापलाई कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ। आर्थिक वर्ष २०२५ मा ओपीडी बिरामी संख्या १ लाख ६० हजार ३५१ पुगेको थियो भने चालु आवको नौ महिनामा मात्रै १ लाख २७ हजार ४७३ बिरामीले सेवा लिएका छन्। आईपीडी बिरामी संख्या पनि बढ्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले हाल थापाथलीस्थित अस्पतालको क्षमता ११६ शय्याबाट २७५ शय्यामा विस्तार गर्ने ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ लागतको ब्राउनफिल्ड आयोजना अघि बढाइरहेको छ। अप्रिल २०२६ सम्म ५८ प्रतिशत निर्माण सम्पन्न भइसकेको परियोजनाबाट जनवरी २०२७ को मध्यदेखि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। विस्तार आयोजनाका लागि कम्पनीले १ अर्ब ७६ करोड ६० लाख रुपैयाँ ऋणको व्यवस्था गरिसकेको छ भने चालु आवको नौ महिनामा १३ करोड १० लाख रुपैयाँ ऋण पूर्वभुक्तानी (प्रिपेड) समेत गरिसकेको छ।

यद्यपि, केयर रेटिङ्सले अस्पतालको सम्पूर्ण आम्दानी एउटै अस्पतालमा निर्भर रहनु, विस्तार आयोजना समयमै सम्पन्न गर्नुपर्ने चुनौती, ब्याजदरमा हुने उतारचढाव तथा निजी अस्पतालहरूबिचको तीव्र प्रतिस्पर्धालाई कम्पनीका प्रमुख जोखिमका रूपमा औंल्याएको छ।

 

homepage-sections-686116d6c2a16providing-homely-care-to-patients.jpghomepage-sections-686116d6c2a16providing-homely-care-to-patients.jpg

 

 

homepage-sections-6861179f5934cBook-an-appointment-img.pnghomepage-sections-6861179f5934cBook-an-appointment-img.png

 

 

696330873_18235321171309186_3375273106915041650_n.jfif

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र आक्रमणका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक

काठमाडौं — दाङको घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र नगदसहित तीन जनालाई पक्राउ गरेको