भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध २ करोड २६ लाख बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार चौधरीले २०६५ पुस ११ देखि २०८२ असार २९ सम्मको अवधिमा २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ वैध आम्दानी गरेको देखिए पनि सोही अवधिमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ । यसरी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको निष्कर्षसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले चौधरीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ। साथै, उनकी पत्नी अपर्णा कुमारीको नाममा रहेको उक्त सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको