गोप्य सूचनापछि सीआईबीको अपरेशन : व्यक्तिगत बैंक खाताबाट झण्डै २ अर्बको हुण्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार, गोप्य सूचनाका आधारमा शंकास्पद बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा धादिङको सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन–८ बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिएपछि सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट रिजाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रहरीले पक्राउ परेका रिजालमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बैंकिङ प्रणालीको दुरुपयोग गर्दै ठूलो रकमको अवैध वित्तीय कारोबार भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको