ठूलो ब्याट्री र दमदार लुक्ससहित ‘न्यू पन्च ईभी’ नेपालमा, नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शन हुँदै

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको लोकप्रिय विद्युतीय एसयूभी न्यू पन्च ईभी (फेसलिफ्ट) नेपाली बजारमा ल्याएको छ। कम्पनीले नयाँ संस्करणलाई अझ परिस्कृत डिजाइन, शक्तिशाली ब्याट्री, लामो रेन्ज र अत्याधुनिक प्रविधिसहित सार्वजनिक गरेको जनाएको छ।

नयाँ पन्च ईभी ३० किलोवाट–आवर र ४० किलोवाट–आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। यसअघि बजारमा रहेको पन्च ईभी २५ किलोवाट–आवर र ३५ किलोवाट–आवर ब्याट्रीमा उपलब्ध थियो।

कम्पनीका अनुसार, ३० किलोवाट–आवर संस्करणले एआरएआई प्रमाणित २८० किलोमिटर तथा वास्तविक सडक अवस्थाअनुसार ३६५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। त्यस्तै, ४० किलोवाट–आवर संस्करणले एआरएआई प्रमाणित ४६८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने वास्तविक प्रयोगमा ३३५ देखि ३५५ किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ।

भारतमा गत फागुनमा सार्वजनिक भएको यो फेसलिफ्ट संस्करण अब नेपाली बजारमा पनि उपलब्ध भएको छ। कम्पनीले साउन २६ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा नयाँ पन्च ईभीलाई औपचारिक रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ। एक्स्पोमा सहभागीहरूले गाडीलाई प्रत्यक्ष अवलोकन गर्न, यसको प्रविधि र विशेषताबारे जानकारी लिन तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ पन्च ईभीमा जडान गरिएको शक्तिशाली मोटरले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ९ सेकेन्डमा पुर्‍याउन सक्छ। यसमा तीन ड्राइभ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएम वाटर वेडिङ क्षमताका कारण उबडखाबड सडक तथा पानी जमेको क्षेत्रमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ।

डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीले जनाएको छ। साथै, १५ मिनेटको चार्जमै १३५ किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

गाडीमा एलईडी हेडलाइट, डीआरएल, कनेक्टेड एलईडी टेललाइट, १६ इन्चसम्मका अलोय ह्विल, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्युरिफायर लगायतका प्रिमियम फिचर समावेश छन्।

सुरक्षाका दृष्टिले ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), आइसोफिक्स चाइल्ड माउन्ट र ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुरक्षा सुविधा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा नयाँ पन्च ईभी सार्वजनिक प्रदर्शनसँगै टाटाले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ। लामो रेन्ज, छिटो चार्जिङ, आधुनिक प्रविधि र प्रतिस्पर्धी फिचरका कारण नयाँ पन्च ईभी एक्स्पोको प्रमुख आकर्षणमध्ये एक बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

 

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई