पर्साका एसपी पाठक फेरिए, काठमाडौंबाट पठाइयो पवन भट्टराई

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।

पर्साका एसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ । चिकित्सकहरूले एसपी, सीडीओ सरुवा गर्नुपर्ने भन्दै आन्दोलन नै गरेका थिए ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनाको छलफलमा बसेका चिकित्सकको वार्ता टोलीलाई एसपी पाठकको सरुवा हुनुपर्ने माग गरेका थिए ।

यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख रहेका एसपी भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौं ल्याइएको थियो । अपरेसन तथा फिल्ड कमान्डमा निकै पोख्त मानिने भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा चुनौती बढेको भन्दै सरुवा गरिएको थियो ।

एसपी भट्टराईको ठाउँमा भने दानबहादुर थापाको सरुवा गरिएको छ । उनी सीआईबीमा कार्यरत थिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई