काठमाडौं । आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउन लागेको सोनी थापा (ढुङ्गाना) को नेपाली चलचित्र अक्षरा’को तीज विशेष गीत ‘नाचौन बरिलै’ भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित मुभी सङ रिलिजिङ सेरेमोनीमा चलचित्रका कलाकार, निर्माण टिम, सञ्चारकर्मी तथा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदर्शन गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार आकर्षक तीज पहिरनमा देखिएका छन्। कार्यक्रममा निर्माण टिमले गीतले नेपाली तीजको मौलिकता, संस्कृति र उत्सवको भावना झल्काउने विश्वास व्यक्त गरेको थियो।
चलचित्र विनयराज पौडेलको निर्देशनमा बनेको हो भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्। ‘अक्षरा’को तीज गीतमा लोकलय र आधुनिक संगीतको संयोजन गरिएको निर्माण पक्षले जनाएको छ।गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेको छ। निर्माण टिमले चलचित्र प्रदर्शनअघि थप प्रचार सामग्री र ट्रेलर समेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।



