ब्रोड पिक हिमपहिरो : बेपत्ता १० आरोहीमध्ये चार शव फेला, ६ नेपाली अझै सम्पर्कविहीन

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा बेपत्ता भएका १० जना आरोहीमध्ये चार जनाको शव फेला परेको छ ।  स्थलमार्फत परिचालित उद्धार टोलीले चार शव फेला पारेको जानकारी पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अर्शद खानले दिएका हुन् ।

यद्यपि, शवहरूको औपचारिक पहिचान भने सार्वजनिक गरिएको छैन ।

बीबीसीका अनुसार उद्धार टोलीले चार शव फेला पारेको भए पनि उनीहरूको आधिकारिक पुष्टि हुन बाँकी छ  ।  यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले पनि घटनास्थलमा शव फेला परेको जानकारी आएको स्वीकार गरेकी थिइन्, तर आधिकारिक पुष्टि प्राप्त नभएको बताएकी थिइन् ।

हिमपहिरोमा बेपत्ता हुने १० आरोहीमध्ये ६ जना नेपाली रहेका छन् । बेपत्ता हुनेमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी मलोरी गाइस तथा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा छन् ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली ब्रोड पिक आरोहणका क्रममा बिहीबार मध्याह्न हिमपहिरोमा परेको थियो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री