सिरहाको गोलबजारमा झडप र प्रदर्शन हिंसात्मक: कफ्र्यु जारी, नेपाली सेना परिचालन

सिरहा — सुनसरीको देवानगञ्ज घटनाको छानबिनको माग गर्दै सिरहाको गोलबजारमा भइरहेको आन्दोलन बिहीबार तनावपूर्ण बनेपछि आगजनी, तोडफोड, गोलीकाण्ड र कफ्र्युको स्थिति सिर्जना भएको छ।

बिहान शान्तिपूर्ण प्रदर्शनबाट सुरु भएको आन्दोलन दिउँसो गोलबजार नगरपालिका–४ क्षेत्रमा दुई समूहबिच लखेटालखेट र ढुङ्गामुढामा परिणत भएको थियो। आन्दोलन उग्र बन्दै जाँदा नेपाल टेलिकम कार्यालय नजिक पार्किङ गरिएका करिब २१ वटा मोटरसाइकलमा तोडफोड तथा आगजनी गरिएको छ भने विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा कफ्र्यु आदेश जारी गर्दै सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको छ।

झडपका क्रममा गोली लागी औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादव र धनुषाका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका थिए। घाइतेमध्ये गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ भने सुभाष ठाकुरलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। झडपमा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालसहित १२ देखि १५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्। “सुरक्षा स्थिति सामान्य बनाउन कफ्र्यु जारी गरिएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी हिंसा भड्काउने र तोडफोडमा संलग्न दोषीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिनेछ,” जिल्ला सुरक्षा समिति सिरहाले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री