स्मार्ट सेल घोटाला प्रकरण : नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–२३, धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार, स्मार्ट सेलसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामार्फत राज्यलाई हानी–नोक्सानी पुर्‍याएको आरोपमा भण्डारीमाथि अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा नियुक्त भएका थिए। सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।

सीआईबीले प्रकरणसँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा