सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरिको आग्रह: संवैधानिक निर्णयहरूको पुनरावलोकन गर्न सुझाव

काठमाडौं — सुनसरीसहित तराईका विभिन्न सीमावर्ती जिल्लाहरूमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनाव र अशान्तिप्रति गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्वामी आत्मानन्द गिरिले नेपाली समाजको मूल पहिचान नै सहिष्णुता, धार्मिक स्वतन्त्रता र सहअस्तित्व रहेको बताउँदै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि किसिमका गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो।

नेपालगञ्ज, लहान, वीरगञ्जलगायत क्षेत्रका घटनालाई गम्भीरतापूर्वक लिँदै उहाँले राजनीतिक स्वार्थ र बाह्य प्रभावका कारण समुदायबिच अविश्वास बढाउने प्रयास भइरहेको दाबी गर्नुभयो। दीर्घकालीन शान्तिका लागि वि.सं. २०६३ पछि भएका धर्मनिरपेक्षता, राजसंस्थाको अन्त्य तथा नागरिकतासम्बन्धी संवैधानिक र नीतिगत निर्णयहरूको पुनः समीक्षा हुनुपर्ने उहाँको भनाइ छ।

साथै, सुरक्षा निकाय (नेपाली सेना र नेपाल प्रहरी) लाई राजनीतिक विवादमा नतान्न, सीमा क्षेत्रको घुसपैठ नियन्त्रण गर्न र राजनीतिक दलहरूलाई संवेदनशील विषयमा संयमित भई ‘सर्वे भवन्तु सुखिनः’ को भावनाअनुरूप कार्य गर्न उहाँले आग्रह गर्नुभएको छ।

“हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने भावनालाई व्यवहारमा उतारेर सबैले शान्तिपूर्वक सहअस्तित्व कायम गर्नुपर्छ। देशमा अशान्ति फैलाउने गतिविधि रोक्न राज्य गम्भीर बनोस् र संवैधानिक तथा कूटनीतिक तहमा आवश्यक समीक्षा गरी दीर्घकालीन समाधान खोजियोस्,” स्वामी आत्मानन्द गिरीजी महाराजले भन्नुभयो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री