सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठनको अनुरोध गर्दै मन्त्री रावलले प्रधानन्यायाधीशलाई बुझाइन् प्रतिवेदन

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका समस्या समाधानका लागि तयार पारिएको प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई बुझाउँदै यस्तो माग गरेको हो ।

मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित प्रधानन्यायाधीश शर्मालाई प्रतिवेदन बुझाएकी हुन् । सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै कार्यदलले तयार पारेको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक प्रकृतिको अपराधका रूपमा व्याख्या गरिएको छ ।

प्रतिवेदनमा सहकारी कसुर ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराध भएकाले यसको सुनुवाइलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

यस्ता मुद्दाको प्रभावकारी तथा शीघ्र सुनुवाइका लागि मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्न आवश्यक रहेको निष्कर्ष कार्यदलले निकालेको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको