सेयर बजारमा सामान्य बढोत्तरी, सूचक २६६७.९७ विन्दुमा, कारोबार ४ अर्ब ४० करोडको

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सूचकसँगै सेयर कारोबार रकम बढेको छ।

सूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा रह्यो। ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। यसअघि बजारमा मंगलबार ४ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

बुधबार कारोबारमा आएका होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन,अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.६० प्रतिशतले बढेको छ।

बजारमा १२२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सोलु हाइड्रोपावरको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लाग्नुका साथै सबैभन्दा बढी कारोबार भएको छ। ५८ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यस्तै, रिडीपावरको ३४ करोड ८४ लाख र खानीखोला हाइड्रोपावरको २७ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा सेयरमूल्य घटेका १४३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ९.०३ प्रतिशतले ओरालो लागेको छ। ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। लगातार दुई दिन घटेको बजार बुधबार सामान्य बढेको हो।

सौजन्य:www.bizmandu.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी